राष्ट्रिय स्वतन्त्र पार्टीले टुंगो लगाउन थाल्यो मन्त्री नामलिष्ट, अर्थमा डा.वाग्ले र परराष्ट्रमा खनाल, कानूनमा गौतम, सभामुखमा अर्याल

काठमाडौं, १३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन थालेको छ ।

हालसम्म अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ ।

यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ ।

रास्वपाका एक शीर्ष नेताका अनुसार स्वर्णिम, शिशिर र सोविताको मन्त्रालय पनि फाइनल भइसकेको छ । अरुको पनि लगभग टुंगिसकेको छ ।

सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादी लगायत पनि छन् । यद्यपि यसको औपचारिक रुपमा पुष्टि हुन सकेको छैन ।

मन्त्री बन्नेहरुलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन गरेर र एसएमएस पठाएर जानकारी दिइसकेको स्रोतले बतायो ।

आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।

सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्