राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बने बालेन्द्र शाह, लगतै संसदीय दलको बैठक बस्ने

काठमाडौं, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।

बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई दलको नेतामा चयन गरेको छ । आज बसेको बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेतामा चयन गर्न राखेको प्रस्ताव सर्वसम्मत् रुपमा पारित भएको छ ।

शाहले भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तय भएको छ । त्यसअघि रास्वपाले केन्द्रीय समितिको बैठकमार्फत शाहलाई दलको नेता नियुक्त गरेको हो । रास्वपामा प्रवेश गरेपछि शाह आज पहिलोपटक केन्द्रीय समितिको बैठकमा सरिक भएका हुन् । आजमात्रै प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ खाएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले संसदीय दल गठन प्रस्ताव पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

केन्द्रीय समिति बैठकलगत्तै वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाउन संसदीय दलको बैठक बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्