उपप्रधान तथा परराष्ट्रमन्त्री महरा र चिनियाँ समकक्षी वाङबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।

बेइजिङस्थित नेपाली दूतावासमा गरिने रात्री भोजमा मन्त्री महराले भेटमा भएका कुराकानीबारे औपचारिक जानकारी दिनेछन् । तर, स्रोतहरुको अनुसार दुई पक्षबीच चीनले अघि सारेको वान बेल्ट एण्ड वान रोडको अवधारणालाई कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

६ दिने भ्रमणका लागि बेइजिङ पुगेका महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्