राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उपसभापतिद्वय डीपी अर्याल र डा। स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रमको उदघाटन गरेका छन् ।

ललितपुरको एक होटलमा सुरु भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूको सहभागिता छ । संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेत तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ नवनिर्वाचित सांसहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिने छ । साथै पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा तथा संसद्‍ भित्र र बाहिर प्रभावकारी सम्नवयका उपायहरूबारे साझा धारणा विकास गरिने छ ।

दुई दिनसम्म चल्ने कार्यक्रममा रास्वपाका शीर्ष नेता, कानुन विद्, सञ्चार तथा प्रविधि विज्ञ लगायतले सहभागी सांसदहरूलाई प्रशिक्षण दिने कार्य तालिका छ ।

कार्य तालिका अनुसार पार्टीका उपसभापति डा। स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था, पार्टीका प्रतिबद्धता, जिम्मेवारी तथा सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन् ।

यसैगरी नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारीले संसद्‍को संरचना तथा कार्याप्रणालीस् सांसदका अधिकार र जिम्मेवारी, पूर्वकानुन सचिव तोयानाथ अधिकारीले संघीय संसद्‍मा कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।

अध्येता एवं आईटी विज्ञ डा। दोभान राईले कृत्रिम बुद्धिमता र एल्गोरिदमस् लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा प्रभाव, पूर्वसचिव डा। तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रियास् योजना तथा बजेट निर्माण लगायतबारे प्रशिक्षण दिनेछन् ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिमार्फत ५७ सांसद पाएको छ ।

प्रतिक्रिया दिनुहोस्