अन्ततः इलाम–१ मा नेपाली कांग्रेसका निश्कल राईले बाजी मारे
काठमाडौं, २५ फागुन । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम करिब अन्तिम चणमा पुगेको छ । यसै क्रममा त्रिपक्षीय प्रतिश्पर्धाका कारण रोचक देखिएको इलाम–१ मा अन्ततः नेपाली कांग्रेसका निश्कल राईले बाजी मारेका छन् ।
निश्कलले श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुलाई ९११ मतको अन्तरले पराजित गरेका गरि बिजयी भएका हुन् । ३५ वर्षीय राईले १४ हजार ५४३ मत ल्याएर जित्दा लिम्बुले १३ हजार ६३२ मत पाए ।
निश्कलले जितेसँगै लामो समयदेखिको कम्युनिस्ट पकड पनि तोडिएको छ । यो क्षेत्रबाट २०५६ सालमा कांग्रेसका बेनुपराज प्रसाईले जिते बाहेक सधैं कम्युनिस्टले जित्दै आएको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले लगातार यही क्षेत्रबाट जित्दै आएका थिए ।
गत २०७९ सालको निर्वाचनमा एमालेकै महेश बस्नेतले जितेका थिए । त्यसबेला खनाल तत्कालीन नेकपा एकीकृत समाजवादीका उममेदवार थिए । यसपटक एमाले तेस्रो स्थानमा खुम्चिएको छ ।
गत स्थानीय निकायको निर्वाचनमा सूर्योदय नगरपालिकाको प्रमुख पदमा रणबहादुर राईसँग पराजित काजीमान कागतेलाई एमालेले उम्मेदवार बनाएको थियो । राईले ११ हजार ९६६ मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालले ९ हजार १६० मत प्राप्त गरे । मेयर पदबाट राजीनामा दिएर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका रणबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गरे ।














प्रतिक्रिया दिनुहोस्