सुर्खेत, १ मा विष्णुबहादुर खड्का विजयी
काठमाडौं, २३ फागुन । सुर्खेत, १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । उनले २६ हजार ८ सय ९७ मत ल्याए ।
निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का ध्रुवकुमार शाही १८ हजार ८ सय ९० मतमा रोकिए । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७ सय २९ मत ल्याए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका जितबहादुर रानाले २ हजार ८ सय २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरीले १ हजार ४९ मत, श्रम संस्कृति पार्टीका वीरबहादुर रानाले ६ सय ४९ मत प्राप्त गरेका छन् ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सुर्खेत(१ बाट नेपाली कांग्रेसकै पूर्णबहादुर खड्का ४२ हजार ६ सय ७ मतसहित विजयी भएका थिए ।














प्रतिक्रिया दिनुहोस्