राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् ।

शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे ।
राप्रपाको यो पहिलो जित हो ।

प्रतिक्रिया दिनुहोस्