चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै

काठमाडौं, २२ फागुन। देशभर प्रतिनिधि सभाको निर्वाचनको मत गणना सुरु भएको छ । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन् ।

मतगणनाको पछिल्लो नतिजाअनुसार सोविताले २४८५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले १७८६ मत पाएकी छन् ।

अग्रता लिएकी सोवितासँगको अग्रता रेनुले घटाएकी छन् । यो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ५३५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्