जनताको अभूतपूर्व समर्थनले बहुमतको दिशातर्फ लैजादैछ: कांग्रेस
काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसले पार्टी बहुमततिर अघि बढेको दाबी गरेको छ। पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले निर्वाचनपछि पार्टी नेतृत्वको सरकार बन्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ लैजादैछ। छोटो समयमा पार्टीले चालेको अभ्यास र नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरूप दिन सबै तहबाट प्राप्त साथले बदलिएको कांग्रेस, बदल्छौँ देश भन्ने हाम्रो नारा व्यवहारिक रूपमा सफल भएको छ।’
पार्टी नेतृत्वमा गगन थापा आएपछि विगतमा निष्क्रिय भएका, पार्टी छाडेर गएकाहरू पनि फर्किसकेको बताए। उनले पार्टीप्रति देशभर लहर छाएको उनको भनाइ छ।














प्रतिक्रिया दिनुहोस्