रास्वपामा  पार्टी छाड्नेको लर्काे,नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेस प्रवेश

काठमाडौँ १४ फागुन । एकपछि अर्काे गदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्नेको लर्काे लागेको छ । आजै नवलपरासीका रास्वपा सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराएर खादामालाले स्वागत गरे । नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् ।

कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको उनले बताए । रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट थिए । ठकुरीले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए ।

चुनावको मुखमा ठकुरीको कांग्रेस प्रवेशले रास्वपालाई धक्का लागेको छ । रास्वपाले कांग्रेसका लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएपछि ठकुरी असन्तुष्ट थिए । सुस्ता गाउँपालिकाका उपसभापति रहेका ठकुरीका दाइ गुप्तसेन ठकुरीले पनि केही दिन अगाडि रास्वपा परित्याग गरेका थिए । यसले गर्दा पार्टी निकै गम्भिर मोडमा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्