दश वर्षमा आर्थिक क्षेत्रमा ठूलो क्रान्तिकारी परिवर्तन हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आगामि दश वर्षमा देशको आर्थिक क्षेत्रको क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताए । ‘देशमा भएको साधन स्रोत र जनशक्तिको सहि परिचालनबाट आउने एक दशकभित्र आर्थिक क्षेत्रमा ठूलो क्रान्तिकारी परिवर्तन सम्भव छ,’उनले बताए ।

राजधानीस्थित पर्यटन बोर्डमा बिहिवार बिहान साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५औं स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्षले भने, ‘अहिले सरकार दुई तिहाई बहुमतको छ । लामो समयपछि देशमा आर्थिक विकासको निम्ति राजनीतिक वातावरण तयार भएको छ । सरकार र सबै राजनीतिक दलह?ले देशको स्थिरता, सुशासन र आर्थिक विकास यतिबेलाको मूल एजेण्डाका ?पमा मानेका छन् ।’

उहाँले देशको आर्थिक विकासका लागि सकारात्मक वातावरण बनाउन छिमेकीह?सँग सरकार र पार्टी दुबैको तर्फबाट राम्रो सम्बन्ध रहेको बताए । ‘अहिले भारत र चीन दुबैसँग सन्तुलित सम्बन्धको विकास भएको छ । हामीलाई दुबै देशको आर्थिक विकासबाट लाभान्वित हुने अवसर छ । केही समयअघि हाम्रा प्रधानमन्त्रीको भारत भ्रमण, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र केही समयपछि नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र छिट्टै फेरि चीनबाट पनि उच्चस्तरीय नेपाल भ्रमण हुनेछ । यी भ्रमणह?ले पनि आर्थिक विकासलाई नै मुख्य एजेण्डा बनाउने छन् ।’

देशको आर्थिक विकास गरी ठूलो मात्रामा रोजगारी सृष्टि गर्न अन्तर्राष्ट्रिय?पमा पनि आफूह?को पहलकदमी भएको बताए उनले, ‘यसबाट सुधारात्मक ढंगले मात्र नभई नयाँ र क्रान्तिकारी तरिकाले आर्थिक विकास हुने सम्भावना रहेको अध्यक्ष प्रचण्डले भन्नुभयो । रेमिटेन्स््बाट देशको अर्थतन्त्र चलेको बताउनुहुँदै अध्यक्षले भन्नुभयो, ‘तर त्यसबाट नेपाली समाजमा जे जति पीडा, दुःख, विकृति र विसंगति भित्रिए त्यसको मूल्यमा रेमिट्यान्सबाट आएको भन्दा धेरै ठूलो क्षति नेपाल राष्ट्रले ब्योहोर्नु परेको छ । विदेशबाट आउने विभिन्न खालका सांस्कृतिक विचलनका परिस्थितिलाई मूल्यमा हिसाब गर्यो भने त्यो अमूल्य हुन जान्छ । यो क्षति हामीले भन्दा आउने पुस्ताले बढी देख्नेछ ।’

विदेशीएका लाखौं नेपालीलाई स्वदेश फर्काउन देशभित्र उद्योग, व्यवसाय, रोजगारी, शान्ति, स्थिरता र सुशासनको वातावरण बनाएपछि मात्र सम्भव हुने अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले अहिले स्थायी सरकार आर्थिक समृद्धिका लागि अवसर भएको तर अवसर आफैं परिणाममा परिणत नहुने प्रस्ट्याउनु भयो । त्यसको निम्ति सबैले मेहेनत गरी सृजनात्मक ढंगले कामह?लाई अगाडि बढाउने संकल्प गरेमात्र यो अवसरलाई ठीक ढंगले सदुपयोग गर्न सक्ने उहाँको धारणा थियो । अध्यक्ष प्रचण्डले साना तथा मझौला उद्योगले आर्थिक विकास, समृद्धि र रोजगारी सृष्टि गर्न आधारको काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्