कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि काँगूेृले गर्याे पाँच लाख रुपैयाँ आर्थिक सहयोग

काठमााड्रौं, १२ फागन । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण साम्बा हाल जटिल शल्यक्रियाको तयारीमा छिन् । उनको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको कांग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको जनाइएको छ ।

कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएकी साम्बाप्रति उच्च सम्मान व्यक्त गर्दै यतिबेला सबैले उनलाई साथ दिनुपर्ने बताएका छन् । उनले पार्टी र व्यक्तिगत तर्फबाट उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

कांग्रेसले खेलकुदलाई मनोरञ्जनभन्दा माथि उठाएर राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवा सहभागिताको मेरुदण्ड बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । य रकमले खेलाडी साम्बाको उपचारमो केहि राहत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्