एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै
काठमाडौं, ७ फागुन । फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गर्ने क्रम छ । यस्तै नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने तालिका छ ।
घोषणापत्रमा एमालेले समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई प्रमुख मुद्दा बनाएको एक नेताले बताए ।
मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्न नयाँ सत्ता समीकरण आवश्यक रहेको एमालेको निष्कर्ष छ । चुनावी घोषणापत्रमार्फत बहुमत आउने गरी निर्वाचनमा होमिएको एमालेले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्