सहकारी, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउँछौं: सभापति थापा

काठमाडौंं, ६ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशको वित्तीय संरचना खलबलिएको बताएका छन्। जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने बताए।

उनले भने, ‘सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने मात्रै होइन, हामी मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौँ।’

उनले आफू मधेशको दलित, अल्पसङ्ख्यक, महिला प्रत्येकका निम्ति नयाँ सोच लिएर आएको बताए। मधेशमा लागू औषधको दुव्र्यसनिको समस्या रहेको बताए।

उनले मधेशमा क्रिकेट रङ्गशालालगायतको पूर्वाधारको काम पनि पाँच वर्षभित्र गर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्