आइसिसी टी-२० विश्वकपमा आज नेपाल समूहबाट स्कटल्याण्ड र इटाली भिड्दै

काठमाडौं, २६ माघ । आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ।

आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ।

स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा ऊ वेस्ट इण्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो।

दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्। समूह (डी) मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ।

समूह (डी) बाटै दक्षण अफ्रिका र क्यानडाबीच खेल हुनेछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल हुनेछ। यी दुई देशले पनि पहिलो खेल खेल्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्