राष्ट्रिय सभामा पहिलो दल बन्यो काँग्रेस
काठमााडैं, १२ माघ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । दा्स्रोमा नेपाली कम्युनिष्ट पार्टी र तेस्रोमा नेकपा एमाले बनेको छ । काँग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गरेको तालमेल गरेका कारण काँग्रेस पहिलो दल बनेको हो । १८ पदका लागि आइतबार भएको निर्वाचनमा तालमेल अनुसार दलीय भागबण्डामा उम्मेदवारहरू नै विजयी भएका हुन् ।
कांग्रेस र एमालेबाट ९ र ८ जना निर्वाचित भएका छन् भने बाँकी एउटा पदमा लोसपाका उम्मेदवार महन्थ ठाकुर विजयी भएका छन् । योसँगै राष्ट्रिय सभाका दलीय समीकरण बदलिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद छन् ।
आइतबार निर्वाचित भएकाहरू थपिएसँगै राष्ट्रिय सभामा कांग्रेका सांसद संख्या २५ पुगेको छ । र कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको छ ।
दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी रहेको छ । जबकी, यसअघि नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभामा पहिलो दल थियो । नेकपा माओवादी (१७) र नेकपा एकीकृत समाजवादी (८) मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि यो पार्टीको राष्ट्रिय सभामा २५ सदस्यीय दल बनेको थियो ।
नेपाली कम्युनिस्ट पार्टीका २५ मध्ये ८ जना सांसद् आगामी फागुन २० मा बिदा हुँदैछन् । आइतबार भएको निर्वाचनमा यो पार्टीका उम्मेदवारले कतै पनि जितेनन् । अब राष्ट्रिय सभामा यो पार्टीको सांसद संख्या १७ मा सीमित हुनेछ ।
तेस्रोमा नेकपा एमाले रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका १० जना सांसद् छन् । त्यसमध्ये ८ जना आगामी फागुन २० मा बिदा हुँदैछन् । आइतबार भएको निर्वाचनबाट ८ जना नै निर्वाचित भएकाले उसको हैसियत यथावत तेस्रो स्थानमा रहनेछ ।
आगामी फागुनमा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका १र१ जना बिदा हुँदैछन् । यसपटकको चुनावमा लोसपाको तर्फबाट एक जना निर्वाचित भएकाले यो दलको राष्ट्रिय सभामा एक जना कायम रहनेछ ।















प्रतिक्रिया दिनुहोस्