बालेन शाह जनकपुर पुगे, स्वागत गर्ने क्रममा जनकपुर विमानस्थलको एउटा सिसाको ढोका फुटे

काठमाडौं, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ट नेता बालेन शाह जनकपुर पुगेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरबाट आइतबार राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह लगायतका नेतालाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् । उनीहरूलाई स्वागत गर्ने क्रममा जनकपुर विमानस्थलको एउटा सिसाको ढोका समेत फुटेको छ।

जनकपुर विमानस्थलबाट बाहिर निस्किने क्रममा ढोकामा समर्थकहरूको ठूलो भिड लागेको थियो ।

सो क्रममा एकआसपमा धकेला धकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको हो । ढोका फुटेपछि बालेन र रवि केहीबेर भित्रै रोकिएका थिए। शाह झापाको क्षेत्र नं. ५ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्