आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने कार्यबाहक सभापति खड्काको चेतावनी
काठमाडौँ, २ माघ । शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने बताएका हन् ।
‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन । तर, आशंकाहरू छन्,’ खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’
उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघ÷संगठनलाई निर्देशन दिए । अहिले काँग्रेस आधिकारिकताको विवादमा छ ।















प्रतिक्रिया दिनुहोस्