आधिकारिकताको लडाईंमा दुई काँग्रेस
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरिरहँदा संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको गर्याे । ५४ प्रतिशत भन्दा बढी प्रतिनिधि सम्मिलित विशेष महाधिवेशनले नयाँ नेतृत्व र केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइसकेको छ ।
एकातिर देउवा पक्षको कारबाही र अर्कोतिर विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि त्यसको वैधानिकता कुन पक्षले पाउँछ भन्ने बहस पनि सुरू भएको छ । कानुनविद्हरु बहुमत पक्षलाई निर्वाचन आयोगले वैधता दिन सक्ने बताउँछन् । यद्यपि विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएमा यो विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने सम्भावना छ ।
कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन वैधानिक प्रक्रिया नै भएको र विधानले यसलाई रोकतोक नगरेको कानूनविद्को भनाई छ । ४० प्रतिशत प्रतिनिधिले माग गरिसकेपछि सभापतिले विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यात्मक व्यवस्था विधानमा रहेको छ ।
ुचार वर्षको कार्यकाल सकिएपछि एक वर्ष समय थप गर्ने विधानमा उल्लेख भएपनि विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था भएकाले ४० प्रतिशतले माग गरेमा बोलाउनुपर्नेमा सभापतिले आलटाल गरेको थियो । यसको परिणामा यस्तो भएको हो ।
अब कांग्रेसको विवाद निर्वाचन आयोगमा पुगेको छ। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको पत्र पठाएको खुलेको छ।
त्यस्तै आज कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाहीको पत्र पनि आयोगमा बुझाएको छ।
‘विशेष महाधिवेशन भइरहेको पत्र आयोगमा हिजै दर्ता भएको छ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘आज नेपाली कांग्रेस केन्द्रीय कार्यलयका तर्फबाट अर्को पत्र आएको छ। दुबै पत्र हेर्न पाइएको छैन।’
नेपाली कांग्रेसको दोस्रो महाधिवेशन भृकुटीमण्डपमा जारी छ। अहिले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया चलिरहेको छ। कांग्रेसको महाधिवेशन जारी रहँदा बुधबार महामन्त्रीद्वय सहित तीन जनालाई केन्द्रीय कार्यसमितिले कारबाहीको निर्णय गरेको अवस्था छ । यसले नेपाली काँग्रेसलाई ठूलो ढक्का लागेको छ । देउवा पहिला आफू फुटे, अहिले फुटाउन दिए ।















प्रतिक्रिया दिनुहोस्