कांग्रेसको विशेष महाधिवेशनः उम्मेदवारी दर्ता धमाधम, सभापतिमा उम्मेदवारीका लागि तीन जनाले लगे फारम
काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न प्रतिनिधिले धमाधम फाराम लग्न थालेका छन्। संस्थापन पक्षसँगको कुरा सकारात्मक नभएपछि विशेष महाधिवेशनको प्रक्रिया अघि बढेको हो।
मनोनयन दर्ता गर्नको लागि समय थप गरिएको निर्वाचन समितिले जनाएको छ। अब उम्मेदवारी दर्ता गर्नको लागि ७ः३० बजेसम्म समय दिइएको छ।
अहिलेसम्म सभापतिमा उम्मेदवारी दिनको लागि तीन जनाले लगेका छन्। यद्यपि, फारम बुझाइसकेपछि मात्रै ककसले उम्मेदवारी दिए भन्ने थाहा हुनेछ।
संस्थापन पक्षसँग सहमतिको वार्तासँगै विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया पनि सागै अघि बढाएका हुन्। महामन्त्री गगन थापालाई सभापति तोकेर जानुपर्ने दबाब विशेष महाधिवेशन पक्षधरको छ।
द्द















प्रतिक्रिया दिनुहोस्