राप्रपाको टोखा नगर अधिवेशन, अध्यक्षमा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), टोखा नगर समितिको अध्यक्षमा सुर्दशन थापा निर्वाचित भएका छन । थापाले पूर्व नगर सचिव भरत केसीलाई पराजित गरेका हुन । १८५ नगर पार्षदको मतदान गरेकोमा ९९ मत थापाले र ८६ मत केसीले प्राप्त गरेका थिए ।
पूर्व नगर सचिव भरत केसी, सुर्दशन थापा साविक क्षेत्र नं ५ ख का प्रदेश उम्मेदवार सुसानलाल श्रेष्ठ र सुरेन्द्र बहादुर आचार्यहरुले उम्मेदवारी दर्ता गराए पनि अन्त्यमा उम्मेदवारहरु सुसानलाल श्रेष्ठ र सुरेन्द्र बहादुर आचार्यले भरत केसीलाई समर्थन गरेका थिए । अन्तिम उम्मेदवार भरत के।सी र सुर्दशन थापाबिच प्रतिस्पर्धा भएकोमा थापाले १३ मतले बाजी मारेका हुन ।
बाँकि १६ नगर समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन । पार्टीको विधान अनुसार अब नव निर्वाचित अध्यक्षले नगर पार्षदहरु मध्येबाट ६ जना नगर सदस्य मनोनित गरे पछि बन्ने २३ सदस्यीय टोखा नगर समितिका २२ नगर सदस्यहरुबाट निर्वाचित अध्यक्षले १ महिला सहितको उपाध्यक्ष ३,सचिब १,कोषाध्यक्ष १ र सहसचिव २ मनोनित गरेपछि समितिले पूर्णता पाउने अध्यक्षले थापाले जानकारी
दिए ।
नगर अधिवेशन राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङदेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
नव निर्वाचित अध्यक्ष थापा टोखा नगरपालिकाका लोकप्रिय युवा नेता हुन । उनी आम जनतामा भिजेका अनुभवी नेता हुन ।















प्रतिक्रिया दिनुहोस्