कांग्रेसको विशेष महाधिवेशन बन्दसत्र सोमबार बिहान ८ बजेबाट सुरु हुने

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने जानकारी दिए ।

उद्घाटन सत्र अहिले काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ ।

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दैगर्दा भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्