कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं, १४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ । यो बैठक हिजोको निरन्तरता हो ।

बैठकले समानुपातिक उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।

प्रतिक्रिया दिनुहोस्