पोखराले जनकपुरलाई २५ रनले पराजित गरे
काठमााडैं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुरुवाती खेलमा पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको छ ।
सुरुवाती दुई खेलमा पराजित पोखराले साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै २ अंक जोडेको हो ।
पोखरा र जनकपुर दुवैले यसअघि सुरुवाती दुवै खेलमा हार व्यहोरेको थियो । दुवै टोलील पहिलो जितको खोजीमा थिए । त्यसमा पोखराले बाजी मार्यो ।
विपिनले ४ विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।
जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरेपनि जितसम्म पुर्याउन भने सकेनन् । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए ।
अन्तिम ओभरको दोस्रो बलम सिंगल लिएर अर्धशतक पूरा गरेपछि उनी रिटायर्ड आउट भएका थिए ।
यस्तै सञ्जय कृष्णमुर्तीले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए भने माज साजाकातले २० रन जोडे ।
जनकपुरको ब्याटिङ अर्डरलाई ध्व्स्त पार्ने क्रममा पोखराका विपिन खत्रीले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै सुमित वर्माले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।
कप्तान कुशल भुर्तेल र जिमी निशमले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सुमित वर्माको अर्धशतक मदतमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिम समेत हो । पोखराका लागि युगान्डाका अलराउण्डर सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मदतमा सर्वाधिक ५० रन बनाए । यस्तै दिनेश खरेलले ३९, तृत राज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।
बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान १ विकेट लिए । यसले आजको खेल सकिएकोछ ।















प्रतिक्रिया दिनुहोस्