वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र नै समाप्त : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र नै समाप्त हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस, बाँकेले गरेको कार्यकर्ता भेटघाटमा उहाँले भने, “काँग्रेसले सधँ तानाशाहीलाई संग लडी परास्त पनि गरेको र यो निर्वाचनमा पनि आप्mनो पार्टी विजयी हुने निश्चित छ ।” सभापति देउवाले “नेपाली जनता लोकतन्त्रका पक्षधर हुन्, कम्युनिष्ट व्यवस्था उनीहरु स्वीकार्दैनन्, त्यही मत यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिनेछ बताए । ”
आन्तरिक तीक्ततालाई बिर्सेर निर्वाचनमा एकजुट भई चुनावमा होमीन कार्यकर्तालाई आग्रह गरे । सभापति देउवाले जनताको समर्थनमा वाम गठबन्धनलाई परास्त गर्नु नै अहिलेको पहिलो आवश्यकता हो, यसतर्फ काँग्रेसका कार्यकर्तालाई लाग्न उहाँले निर्देशन दिए ।
काँग्रेस जिल्ला सभापति किरण कोइरालाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा सहभागी कार्यकर्ताले दिन प्रतिदिन धरमराउँदै गएको पार्टी संगठनलाई जीवन्त बनाउन व्यवस्थापन पक्षलाई चुस्त बनाउनुपर्ने सुझाव दिनुभयो । यति खेर सभापति देउवा देश दौडाहमा लागेको छन् । केहि दिन उनी गृह क्षेत्रको विभिन्न कार्यक्रममा वेष्ट हुनेछन्
प्रतिक्रिया दिनुहोस्