देशलाई समृद्धितिर लैजान एकताः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभई देशको आर्थिक समृद्धिका लागि भएको बताएका छन् ।

आज कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका लेवाडेस्थित जन्मस्थान पुग्नुभएका अध्यक्षले भन्नुभयो, ‘ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहना होइन, देशलाई समृद्धितिर लैजाने हाम्रो मुख्य उद्देश्य हो । ’

अध्यक्षले देश भित्रका र बाहिरका प्रतिक्रियावादीहरु पार्टी एकीकरण हुनेमा विश्वास नभएको बताउनुहुँदै पार्टी एकताले उनीहरु आश्चर्यमा परेको बताए । अध्यक्षले भने, ‘हामीले पार्टी एकता नभनेको दिनमा गर्छौ भनेका थियौं त्यही नै गर्यौं । दिन तोकेर एकता गर्ने भनेका थियौँ भने प्रतिक्रियावादीले पार्टी एकता हुन दिने थिएनन् ।’

साहस र आँट गरेनौं भने देश अर्को ७० वर्ष अराजकतातिर जान्छ र देशले विकासको गति लिँदैन भनेर नै आफूहरुले पार्टी एकताको पहल गरेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्