प्रधानमन्त्री ओलीसँग बिमस्टेकका महासचिवको भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्ेटक)का महासचिव सहिदुल इस्लामले विहिवार बिहान प्रधानमन्त्रर निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यम बनाउनु पर्नेमा जोड दिँदै बिमस्टेकका विगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोडदिए । प्रधानमन्त्री ओलीले बिमस्टेक सञ्चालनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताएकको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
केही समयभित्रै नेपालमा बिमस्टेकको सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि फलदायी हुने कार्यक्रम ल्याउनु पर्नेमा जोडदिए । प्रधानमन्त्री ओलीले बिमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिँदै भने , “हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्छ । बिमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ । ” उनले बंगालको खाडी वरिपरिका मुलुक संगठनका सदस्य रहेकाले यस क्षेत्रमा पानी जहाज सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै एकअर्कामा सम्पर्क विस्तार गर्न थप सहज हुने बताए ।
प्रतिक्रिया दिनुहोस्