सकियो कांग्रेस संसदीय दलको बैठक,अर्थविद्का सुझाब सुनेर

काठमाडौं । मंगलवार संघिय संसद्मा प्रस्तुत भएको आर्थिक वर्ष २०७५ / ०७६ को बजेटबारे पार्टीको आधिकारिक धारणा बनाउन बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक सकिएको छ ।पार्टी संसदिय दलको कार्यालय सिंहदरबारमा बसेको उक्त बैठकमा अर्थविद्हरूले बजेटबारे संसद्मा कसरी प्रस्तुत हुने भनेर सुझाब दिएका थिए ।

अर्थविद्का तर्फबाट प्राडा.गोविन्द पोखरेलले बजेट देशको आवश्यकताअनुसार नआएको बताएका छन् । उनले नीतिगत सुधार र क्षमता अभिवृद्धि र प्रशासनिक सुधारमा बजेटले महत्व नदिएको पनि सुझाए । उनले भने,ुबजेट देशको आवश्यकताअनुसार भएन, नीतिगत सुधार, क्षमता अभिवृद्धि र प्रशासनिक सुधारका कर्यक्रमहरूलाई बजेटमा समेटिएको छैन।ु यस्तै उनले बजेटले निजी क्षेत्रको सहभागिता जुटाउन सक्ने आधार नदेखाएको सुनाए ।

निजी क्षेत्रको सहभागिताबिना विकास सम्भव नभएको उनले बताए। उनले भने,ुनिजी क्षेत्रको सहभागिताबिना विकास सम्भव छैन, पुँजी बिकासका लागि निजी क्षेत्रको झन बढी भूमिका हुन्छ,ु उनले थपे, ुतर, बजेटमा डर देखाउनेबाहेक केही भएन।ु उनले अनुमान गरेजति राजस्व उठाउन पनि कठिनाइ रहेको सुनाए। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई उनले जनता पोस्ने योजनाको संज्ञा दिए ।

त्यस्तै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटले नेपाली जनतालाई ऋणको भार मात्र बोकाएको धारणा व्यक्त गरे। उनले नेपाली जनतालाई परेको २८ हजारको ऋणबाट नेपाली कांग्रेसको सरकारले घटाएकोमा हालको सरकारले एक्कासि १४ हजार ६ सय ६५ रुपैयाँ ऋण थपेको आरोप लगाए । उनले यस बजेट कार्यक्रमले उत्पादनमा लगानी वृद्धि गर्न नसक्ने ठोकुवा गरे । उनले भने, यस बजेट अनुसार उत्पादनमा लगानी वृद्धि हुँदैन र नेपाली जनतासँग भएको रकम लगानी हुँदैन । बजेट कम्युनिस्टको घोषणापत्रअनुसार नआएको पनि उन दावि गरे ।

प्रतिक्रिया दिनुहोस्