मुलुक समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनः मन्त्री पाख्रिन, कयौं कार्यकर्ता काँग्रेसमा प्रवेश

काठमाडौं । कानून राज्यमन्त्री दिलमान पाख्रिनले मुलुक समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गर्नुपर्ने बताएका छन् धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री पाख्रिनले संविधान कार्यान्वयनको लागि निर्वाचनमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । उनले पनि आफू जनताको समस्या समाधान गर्न तयार रहेको धारणा व्यक्त गरे ।

पाख्रिनले पत्रकार ऋषि धमलासँग सहकार्य गरेर गुठीको समस्या समाधान गर्ने धारणा राखे । उनले भने, ‘मलाई जिताएर पठाउनुहोस्, म यहाँको समस्या समाधान र विकासको लागि काम गर्नेछु।’

राप्रपाका निर्वाचन क्षेत्र ‘ख’ डम्बर तामाङले पनि धादिङको विकासको लागि आफूले कुनै कसर बाँकी नराख्ने धारणा राखेका थिए ।

कार्यक्रममा कांग्रेस नेता रामनाथ अधिकारी, डा। राजाराम कार्की, तिलक रुवाली, राप्रपा धादिङका अध्यक्ष नवराज श्रेष्ठले पनि आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले चुनावपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताएका थिए । नयाँ शक्ति पार्टीको नेता राम ढकालले पनि कांग्रेल नेतृत्वको लोकतान्त्रिक गठबन्धलाई मतदान गर्नको लागि अपिल गरेका थिए ।

राप्रपाका बरिष्ठ नेता बुद्धिमान तामाङले धादिङको विकासको लागि धमलाले खेलेको भूमिकाको प्रशसा गरे । सबैले प्रशंसा गरे । सबैले मानेको जानेको बुझेको व्यक्तित्व, लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनुपर्छ, यो गठबन्धनलाई जिताउनुपर्छ, किनकी यो गठबन्धन बलियो भने लोकतन्त्र बलियो हुन्छ ।

रिपोटर्स क्लब नेपालका अध्यक्ष एवं पत्रकार ऋषि धमलाले ज्यामरुङको विकासको लागि आफूले टेलिफोन, खानेपानी, स्वास्थ्य चौकी, बाटोघाटो सबै विकासका पूर्वाधारमा सहयोग पुर्याएको बताएका छन । उनले भने,‘गोलभञ्ज्याङदेखि ज्यामरुङ हुँदै सेउली भञ्ज्याङसम्म सडक सञ्जाल अघि बढाउनको लागि म कुनै कसर बाँकी राख्दिन्, त्यस्तै यहाँ अहिले विद्यमान रहेको गुठीको समस्या पनि हल गर्नको लागि म लागिपरिरहेको छु, हजारौं घरहरु श्री ५ को बाहु गुठीको नाममा छन्, अब यसलाई जनताको हातमा दिन्छु, मुलुकमा गणतन्त्र आईसक्यो, तर यहाँ त राजतन्त्रको भूत अझैपनि छ ।’

उनले अब देशैभरि सबैको एजेण्डा विकास हुनुपर्नेमा जोड दिए । उनले भने,‘निर्वाचनले संक्रमणकालको अन्त्य हुन्छ, लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न ठूलो भूमिका निर्वाह गर्छ, समृद्धिशाली नेपाल बनाउने अभियानमा हामी लाग्नुपर्छ, त्यस्तै निर्वाचनको पक्षमा माहोल बनाउन म यहाँ आएको हुँ । जनतालाई सचेत गराएर मतदान को प्रक्रियामा होम्याउनुपर्छ, अभियानमा निस्किँदैछु । अभियान हो । धादिङ जिल्लाको विकासले मुहार फेर्नेछु , विशेषगरि पूर्वाधार विकासमा ध्यान दिने बताए । कार्यक्रममा निलकण्ठ ११ का एमाले र माओवादीका कार्यकर्ताहरु निर्मल श्रेष्ठ, काजिमान श्रेष्ठ, थिर बहादुर आलेमगर, राम बहादुर नेपाली लगायत ४५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा नयाँ शक्तिका जिल्ला संयोजक राम प्रसाद ढकाल र राप्रपा जिल्ला अध्यक्ष नवराज श्रेष्ठले पनि बोलेका थिए । कार्यक्रम पूर्व गा.वि.स. अध्यक्ष टिकाबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्