हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री लगियो
काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत लगिएको छ ।
हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री लगिएको हो ।
एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए। जिल्लामा १७९ मतदान केन्द्र रहेको छ ।
निर्वाचन अवधिभर एक हजार ८०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । दशवटा राजनीतिक दलका नेताले उम्मेदवारी दिएका छन् । जिल्लामा एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस्