नेकपा र संघीय फोरमबीच दुईबुँदे समझदारी, फोरमलाई दुई मन्त्रालय दिने

कठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे समझदारी भएको छ । यस हकमतीबाट फोरम सरकारमा जाने संकेत गरेको छ ।
नेकपा र फोरमबिच सोमबार बालुवाटारमा आज भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

नेकपा र संघीय फोरमबीच दुईबुँदे समझदारी, फोरमलाई दुई मन्त्रालय दिने

सरकारको नृतृत्व गरेको नेकपा र फोरमबीच भएको सहमतीका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ । ‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश जनता पक्षमा र सकेसम्म नति तथा कार्यक्रम मानै समेटीने सहमतीपत्रमा जनाएको छ बताएको ।
सहमतीपछि फोरमलाई दुई मन्त्रालय दिने निर्णय गरेको छ ।

नेताहरुका अनुसार फोरमले दुई मन्त्रालय पाउनेछ । स्रोतका अनुसार फोरमलाई सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयबारे थप छलफल भएपछि आफूहरु सरकारमा जाने फोरम नेता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्