समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य : मन्त्री विश्वकर्मा
काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन्।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका–४ भदौरेमा सञ्चालित बहादुरे माविको हातामा रु ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको दुईतल्ले मञ्च, कम्पाउण्ड तथा अभिनन्दन एवम् सम्मान कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले भावि कार्यक्रम युवा केन्द्रित हुनेबताए ।
मुलुकलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाइने अभियानका साथ सरकार योजना बनाएर लाग्ने तयारीमा जुटेको बताउँदै उनले युवालाई स्वदेशमै उद्यमशीलतामा लाग्ने वातावरण तयार गरिने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्