राजदरबार हत्या काण्डको २४ वर्ष पूरा, प्रतिष्ठानद्वारा विभिन्न कार्यक्रम गरि मनाईदै
काठमाडौं, १९ जेष्ठ । राजदरबार हत्या काण्डको २४ पूरा भएकोे छ । आजैकै दिन १९ जेठ २०५८ राति दरबार हत्याकाण्ड नेपाली जनमानसमा एक दुःखद् घटनाका रूपमा नेपालको इतिहासमा चित्रित छ । नेपाली इतिहासको पानामा एउटा कालो दाग बनेर अंकित छ । जसको २४ वर्षपछि पनि यसको रहस्य र प्रभाव उत्तिकै गहिरो छ । सो घटनामा राजा वीरेन्द्र शाह–रानीऐश्वर्यासहित राजपरिवारका १० जनाको एकसाथ ज्यान गएको थियो ।
स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले राजा वीरेन्द्रको २४औं स्मृति सभाको सन्दर्भमा वीरेन्द्रको शालिकमा माल्यापर्ण तथा दिप प्रज्वलन कार्यक्रमका साथै नेपाललाई शान्ति क्षेत्र घोषणा, विकास र सुशानका सन्दर्भमा राजा वीरेन्द्रले गरेका प्रयास र योगदानका विषयमा विचार अन्तरक्रिया कार्यक्रम गरि मनार्ईदै छ ।
राजा वीरेन्द्र अमेरिका, चीन, सोभियत संघ, फ्रान्स, जर्मनी, ब्रिटेन, भारतलगायतका धेरै राष्ट्रको भ्रमण गर्दा उनले पाएको ठूलो सम्मानले नेपाल र नेपालीको शिर ठाडो हुन्थ्यो ।
दरबार हत्याकाण्ड भएको २४ वर्ष बितिसक्दा पनि यस्ता आशंका र जिज्ञासा मेटिएका छैनन्, बरु अनेक अनुमान थपिँदै गएका छन् । यस्तो किन भयो भने आधुनिक नेपाली इतिहासको त्यो सनसनी घटनाको जरोमा पुग्नेगरी खोज अनुसन्धान नै गरिएन । एकातिर राजा वीरेन्द्रले सो प्रस्तावबाट नेपालको राष्ट्रिय स्वाभिमान खरानी हुन्छ भन्दै भारतको ठाडै अस्वीकार गरिदिए । यसका साथै अर्कोतिर ब्रिटिस मोडलको संवैधानिक राजतन्त्र स्वीकार गर्ने नेपालका प्रथम राजा बने ।
पश्चिमका सञ्चारमाध्यमले समेत राजा वीरेन्द्रलाई प्रजातान्त्रिक र उदार राजा भनेका छन् । त्यतिबेला प्रधानन्यायाधीश र सभामुख रहेको एउटा टोलीले घटनास्थलको अवलोकन र प्रत्यक्षदर्शीहरूको बयान संकलन त ग¥यो, तर कुनै निचोड निकालेन । न त त्यसपछि कुनै खोजबिन गरियो । कतिसम्म भने राष्ट्राध्यक्षको हत्यासहित त्यति ठूलो शाही संहार हुँदा तत्कालीन संसद्मा समेत बहस भएन । न त राजनीतिक दलहरू गहिराइमा पुग्न चाहे ।
१४ पुस २००२ देखि १९ जेठ २०५८ सम्मको जीवनकाल समय बर्बाद नगरी पलपल सदुपयोग गरे, राजा वीरेन्द्रले । अतः उनको शासनकालमा दुई प्रमुख घटना विश्वका सञ्चारमाध्यम र कूटनीतिज्ञले महत्व दिए । वस्तुतः २०३६ सालमा उनले निर्दलीय पञ्चायती व्यवस्था’दयगत लोकसम्मति बुझ्न राष्ट्रिय जनमत संग्रह गराउने घोषणा गरेका थिए ।
यसैगरी, १६ भदौ २०३८ मा पेरिसमा आयोजित अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रले गरेको सम्बोधन संसारमै चर्चित र प्रशंसित बन्न पुग्यो । उनले भाषणमा अभिव्यक्त गरेका हृदयस्पर्शी शब्दहरूले त्यहाँ उपस्थित सम्पूर्ण सहभागी द्रवित र भावविभोर बन्न पुगे । नेपाललाई सदैव सुरक्षित, स्वतन्त्र, शान्त र समुन्नत बनाउने अभिप्रायले राजा वीरेन्द्रले १३ फागुन २०३१ मा शुभराज्याभिषेकको भोलिपल्ट० शान्ति क्षेत्रको प्रस्ताव राखे । यसरी आफ्नो शुभराज्याभिषेकमा काठमाडौंमा उपस्थित भएका विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसमक्ष उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए । यसमा १ सय १६ राष्ट्रले समर्थन गरे पनि भारतले दुराशयपूर्वक त्यसको समर्थन गरेन ।
वीरेन्द्रले मुलुकलाई त्यस मोडमा जोगाए, जनआन्दोलनको भावनाअनुरूप राष्ट्रिय शक्तिहरूसँगै सम्झौता गरेर बहुदलीय प्रजातन्त्रको घोषणा गरे । मूलतः आफ्नो जीवनको उत्तरार्धमा उनले दिल्लीसँग सम्बन्ध सुधार्ने प्रयास पनि गर्दै थिए । त्यो सफल नहुँदै हत्याकाण्डमा ज्यान गयो । तथापि उनले ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको हार्वर्ड विश्वविद्यालय तथा टोकियो विश्वविद्यालयको अब्बल शिक्षाले मात्र राजा वीरेन्द्रको व्यक्तित्वलाई विराट र उच्च बनाएको होइन । यसमा पनि राजदरबारमा परिवारबाट पाएको संस्कार, तालिम, राष्ट्र र जनताप्रति पिताको समर्पण, अदम्य एवं अतुल्य प्रेम एवं राष्ट्रलाई सुदृढ, समृद्ध र युगानुकूल बनाउनुपर्छ भत्रे सचेतनाले राजा वीरेन्द्रलाई सदैव उत्प्रेरित गरिरहेको पाइन्छ ।
राजा वीरेन्द्र नेपालमा अत्यन्त लोकप्रिय शासक थिए । उनको शासनकालमा नेपालले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रगति गरिरहेको थियो ।















प्रतिक्रिया दिनुहोस्