राजपाको सरकारलाई चेतावनीः संविधान संशोधन नगरे आन्दोलन

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका सांसद बृषेशचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकार गठन गर्र्दा समर्थन दिएको राजपाले राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सांसद बृषेशचन्द्र लालले सरकारले तत्काल संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा गर्न बाध्य हुने चेतावनी दिएका हुन् । यसले गर्दा राजपाले सरकारलाईए दिएको समर्थन पनि फिर्ता हुने संकेत गरेको छ ।

सांसद लालले मधेशी जनतालाई सरकारले संविधान संशोधन गछौं भनि भुक्याउने गरेको आरोप लगाउँदै उनले भने, “ मधेशमाथि विभेद हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । यो मधेशी जनतालाई मान्य छैन । यसको लागि सरकार विरुद्ध हामी काडा आन्दोलन गछौैं । सरकाले तत्काल संविधान शंसोधान कार्य अगाडि बढाओस् । नत्र हामी सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं ।”

त्यसैगरी संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले पनि संविधान संशोधन गर्ने आफूहरुको अडान नीति तथा कार्यक्रममा समावेश गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन । उनले तराई, मधेशको विकासका लागि विशेष आर्थिक कार्यक्रम ल्याउन माग गर्दै उनले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई आत्मसात गर्न नसकेको आरोपसमेत लगाइन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सत्तापक्ष बाहेक सबै पार्टीले विरोध गरेका थिए

प्रतिक्रिया दिनुहोस्