एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात सम्भावना
काठमाडौं, ३ कार्तिक। देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागमा आंशिक बदली देखिएको छ। देशका बाँकी भू(भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू(भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भाग र देशका तराई भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। महाशाखाले यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।






















प्रतिक्रिया दिनुहोस्