पार्टी एकता नहुँदा नेता हुनुको औचित्य समाप्त : नेता प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा नेपाल कम्यूनिष्ट पार्टीका एक अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता नहुँदा नेता हुनुको औचित्य समाप्त हुने भएकाले पार्टी एकता गर्नुको विकल्प नभएको बताएका छन् ।
राष्ट्रिय सभा गृहमा आज पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रचण्डले पार्टी एकताबाट मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै पार्टी एकतापछि दुवै पार्टीबिच भएको आशंका पनि समाप्त गरेको दावी गरे । उनले यसबाट दुबै पार्टीको जनशंकल्प पनि पूरा गरेको बताए ।
उनले आफुहरु सबै कार्यकर्ता र जनताको विश्वसमा अगाडि बढेको बतायँदै उनले पार्टी एकताले राष्ट्रलाई स्वाधिनता प्रदान गर्ने, यसको मुल्याकन इतिहाँसले गर्ने बताए । एकताले सामाजिक समाजवाद सहितको आर्थिक सम्वृद्ध तर्फ उन्मुख भएको उनको उद्घोष छ ।
अध्यक्ष प्रचण्डले यो एकतामा कुनै विचलन नआउने दावी गरे । उनले जनताको मुक्तिको लागि सदा आफुले त्याग गरेको तर्क गरे ।
प्रतिक्रिया दिनुहोस्