पार्टी एकता समयको आवश्यकता, मुलुक नयाँ युगमा प्रवेशः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पार्टीले एकताको आवश्यकता र औचित्य बुझेर पार्टी एकता भएको दावी गरेका छन् । पार्टीमा भविश्यमा पनि कुनै विचलन नआउने दावी गर्दै पार्टी एकताबाट आफू अत्यान्तै खुशी बोधन गर्दैे प्रधानमन्त्री तथा एमालेका अध्यक्ष समेत रहेका ओलीले नयाँ पार्टी एकताले नयाँ ईतिहास रचना भएको मुलुक नयाँ उचाईकासाथ नयाँ युगमा प्रवेश गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको संगठनात्मक संरचनाहरु तीन महिनाभि टुङ्गयाउने दावी गरे । उनले दुई
अध्यक्षता प्रणाली समय र परिस्थितिको माग भएको कुरा औल्याए ।
उनले एकतापछि पार्टीका साथै मुलुक बलियो भएको दावी गरे । मुलुकलाई सहि दिशातर्फ अगाडी बढेको बताए । सबै कम्युनिष्टलाई एक हुन र य िपार्टी एकाबद्ध भएका आउन आग्रह गरे । उनले भने, ‘ देश भक्त सबैलाई यो पार्टीले समेत्न सक्छ । ’ सबैको अवनत्व हुन्छ । देशको स्वाधिनताको लागि यो आवश्यकता छ ।’
प्रधानमन्त्री ओलीले नेपाली काँग्रेस पनि एक चोटि हार्दैमा विचलित नहुन र नआत्तिन आग्रह गरे । उनले पार्टी एकता सम्वृद्धि मुलुको लागि भएकाले यसले भ्रष्टाचार विरद्ध र हुन नदिंन दत्तचित्त भएर लाग्ने बताए ।उनले भने, ‘कनूनको दाएरामा सबैलाई ल्याउनु पर्छ । त्यस बाट नै सबै विकृति हटेर जान्छ । ’
प्रधानमन्त्री ओलीले छिमेकको विकासलाई मध्यजनजर गर्दै आफ्नो देको विकास र सम्वृद्ध गर्नु पर्न बताउदै छिमेकलाई समेर्ट राष्ट्रिय हितको लागि विचलित नहुने दावी गरे । यसको लागि कोही पिन विचलित नहुन आग्रह गरे ।
उनले योग्यता, क्षमता, सक्रियता र संभावनालाई मुल्यांकन गरेर कार्यसम्पादनको जिम्मेवारी दिने भएकाले कोहि पनि नआत्नि आग्रह गरे । उनले जनताको हितको लागि कुनै कसुर
बाकी नराख्ने पनि दावि गरे ।
प्रतिक्रिया दिनुहोस्