पार्टी एकता बारे एमाले र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । एमाले माओवादी केन्द्रबीचको पार्टी एकता टरेको हल्ला चलिहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ ।

भेटपछि तत्काल एमाले र माओवादी केन्द्र दुबै पार्टीले एकताको छलफलको लागि छुट्टाछुट्टै बैंठक बोलाएको छ ।
यस भेटवार्ताले पार्टी एकतामा फेरी आसा पलाएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच बिहान १० देखि १२ बजेसम्म भएको भेटवार्तापछि फेरी पार्टी एकताकामा आसा पलाएका हो ।
दुई नेताले बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक राख्ने निर्णय गरेको छ ।

एकताको लागि छलफल गर्न एमालेको आजै बुधबार दिउँसो ४ बजे स्थायी समितिको बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ, भने माओवादी केन्द्रले पनि आजै ४ बजे नै केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष दाहाल निवास खुमलटारमा बस्ने भएको छ । यहि बैठकले नै एकताको बारेमा छलफल गर्ने पार्र्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्