उपत्यकामा ४ सिट माओवादी केन्द्रलाई ।

काठमाडौं । उपत्यकाको ४ सिटमा माओवादी केन्द्रले उम्मेदवारीहरुको टुंगो लगाएको छ । माओवादी केन्द्रको भागमा परेको काठमाडौँको ६, ८ र १० र ललितपुर–३ को प्रतिनिधिसभामा उम्मेदवारी टुंगो लगाएको हो ।

जसमा काठमाडौँ–६ मा झक्कु सुवेदी, ८ मा उमेश स्थापित र १० हितमान शाक्य उमेदवार तोकिएका छन् । त्यस्तै ललितपुर–३ मा प्रवक्ता पम्फा भुषाल चुनाव लड्नेछिन् भनेर काठमाडौँ इन्चार्ज लेखनाथ न्यौपानेले जानकारी दिनुभयो ।
भुषाल ०६४ सालको निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
काठमाडौं ६ बाट उम्मेदवार बन्न लागेका सुवेदीले ०६४ को निर्वाचनमा एमालेको तत्कालीन पार्टी प्रमुख माधव नेपाललाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्