दाहाल–नेपाल भेटः अनावश्यक आशंका पालेर एकता नटार्न आग्रह
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियामा ढिलासुस्ती भइरहेको बेला पुष्पकमल दाहाल र माधव नेपालबीच भेटबार्ता भएको छ।
मंगलबार बिहान करिब एक घण्टा छलफल भएको छ । स्रोतका अनुसार भेटमा माधव नेपालले पुष्पकमल दाहाललाई एकता प्रक्रियालाई अनावश्यक आशंका पालेर एकता नटार्न आग्रह गरेका थिए ।
भेटमा प्रचण्डले ओलीका पछिल्लो क्रियाकलाप र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछिको अवस्था विश्लेषण गर्दै एकताका लागि विश्वासको वातावरण बनाउन पर्नेमा जोड दिए । नेपालले भने दुई नेताबीचमात्र कुरा हुँदा पार्टी एकताबारे कार्यकर्ताहरु प्रष्ट नहुने र अन्यौल झन चुलिँदै जाने भन्दै संयोजन समिति बैठकमा छलफल गर्न आग्रह समेत गरे ।
एमाले र माओवादी केन्द्रबीच यसअघि दुईपटक एकीकरण घोषणा गर्ने भनेर रोकिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्