मधेशी सांसदले प्रधानमन्त्री ओलीलाई भेट्दै

काठमाडौं । प्रदेश नम्बर २ का प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज हुन गइरहेको भेटवार्तामा प्रदेश २ का प्रतिनिधिसभा सदस्यहरुले आगामी वजेटमा मधेशलाई प्राथमिकतामा राख्न सुझाव दिने बताइएको छ ।

संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आगामी आर्थिक वर्षका लागि तयार भइरहेको बजेटमा मधेशलाई महत्व दिन आग्रह गर्न ओलीलाई भेट्न लागेको बताए ।

प्रदेश नम्बर दुईमा सबभन्दा बढी जनघनत्व भएपनि अरु प्रदेशको तुलनामा त्यहाँका लागि कम बजेट बिनियोजन गर्न लागिएको आफूहरुले जानकारी पाएकाले त्यसतर्फ पनि ध्यानाकर्षण गराइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्