एमाले-माओवादी एकीकरण प्रक्रिया स्थगन, ओलीको कार्यशैलीप्रति माओवादी सशंकित

काठमाडौं । नेकमा एमाले र नेकपा माओवादी एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ ।

परिणामस्वरुप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबचिको बैठक पनि पतालिँदै गएको छ ।

माओवादी नेताहरुले आफ्नो पार्टी सरकारमा भए पनि निर्णय प्रक्रियामा सहभागी नगराईएको गुनासो गर्न थालेका छन् ।

माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले सचवि सरुवादेखि बजेट निर्माण प्रक्रियामा आफुहरुलाई बाहिर राखेर निर्णय गरिएको गुनासो अध्यक्ष पुष्पकम दाहालसँग व्यक्त गरेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ ।

गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासाँ एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित बनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल तर्सिएका छन् ।

खास गरी प्रधानमन्त्रीको हेपा प्रर्वत्ति शंका उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस्