प्रधानमन्त्री ओलीले मोदीसंगको भेटवार्ता संसदलाई जानकारी

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटवार्तामा नेपाल उठाएका तर, टुंगिन बाँकी विषयहरुबारे पनि संसदलाई जानकारी गराएका छन् ।

बुंदाहरु:

१. सन् १९५० सहितका पुराना सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह बनाएका छौं । यसले काम गरिरहेको छ, जुन सन्तोषजनक छ, धन्यवाद भन्नुपर्छ । प्रवुद्ध समूहले कतिपय विषय समाधानको बाटोमा लैजान प्रयास गरेको छ । कम्तीमा १९५० को असमान सन्धिलाई समयानुकुल बनाउन सक्छौं ।

२. पञ्चेश्वर अन्तरगत टनकपुरमा १३०० मिटरको लिंक रोड बनाउने सहमति भएको छ । सारदा ब्यारेज लगायतका विषयहरमा के गर्ने निश्कर्ष निस्किएको छैन तर, काम अघि बढाउने भएको छ । महाकाली नदीमा तीन पुल बनाउने प्रस्ताव हामीले राखेका छौं र यसमा भारतीय पक्ष सकारात्मक देखिएको छ ।

३. महेन्द्रनगरमा ४ लेनको पुल बनेपछि भारतीय राजमार्गमा जोड्न ६।८ किलोमिटर बाटो बनाउनुपर्ने रहेछ । भारततर्फ यो बाटो बनाइदिन हामीले भनेका छौं र उहाँहरुले सकारात्मक रुपमा लिनुभएको छ । यद्यपि कुनै सम्झौतामा परेको छैन ।

४. उर्जा बैंक स्थापनाबारे पनि कुराकानी भएको छ । यसमा भारतीय पक्ष पनि सकारात्मक छ । तर, अघि बढाउन बाँकी छ । बुटवल गोरखपुर ट्रान्समिसन लाइनबारे पनि सहमति नजिक छौं । हुलाकी मार्ग निर्माणमा काम भइरहेको छ । यसमा दुबै तर्फबाट हुनुपर्ने कामहरु तदारुकताका साथ गर्ने भनेका छौं ।

५. विराटनगर, भैरहवा, नेपालगञ्जमा पनि एकीकृत जाँच चौकी स्थापना गर्ने अनौपचारिक सहमति भएको छ ।

६. जुट, एलपी ग्यास, औषधिको समस्याबारे छलफल गरेका छौं, सघन वार्ता अघि बढ्दैछ ।

७. भारतमा नोटबन्दीको घोषणापछि नेपाली बैंकिङ प्रणालीमा रहेका नोटहरु सटहीबारे कुरा उठाएका छौं । तर, भारतीय पक्षबाट खास जवाफ आएको छैन । हामीले यसबारे भारतले गम्भीरतापूर्क सोच्नुपर्छ भनेका छौं ।

८. थप बन्दरगाह माग गरेका छौं ।

९. मेडिकल शिक्षामा भारतीय विद्यार्थीहरुले नेपालमा पाएको जस्तो सुविधा हाम्रा विद्यार्थीहरुले भारतमा पनि पाउनुपर्छ भनेका छौं । सकारात्मक हुनुहुन्छ । हामीले भारत मेडिकल काउन्सिलको डकुमेन्ट स्वीकार गर्ने तर, हाम्रो नमान्ने स्थिति छ । हामीले समान हुनुपर्छ भन्ने कुरा उठाएका छौं ।

प्रतिक्रिया दिनुहोस्