एमालेका वडा अध्यक्ष काँग्रेसमा प्रवेश

काठमाडौं । चुनावको मिति नजिकिदै गर्दा ध्रुविकरण व्यापक बन्दै गएको छ। यसैक्रममा पछिल्लो वामगठवन्धनको चर्चा जति छ त्यतिकै सो गठवन्धनसँग असन्तुष्टहरु आफू सम्वन्धित पार्टी छोड्ने क्रम पनि बढिरहेको छ।

नेकपा एमाले र माओवादीका धेरै नेता कार्यकर्ताहरु यसरी पार्टी छोड्नेमा रहेका छन् । यसैबीच रसुवाको नेकपा एमाले कालिका गाउँपालिकामा पनि एमालेका एक स्थानिय नेताले एमाले परित्याग गरेका छन् । कालिका गाउँपालिका वडा न ४ मा स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार भएका बिष्णु बहादुर तामाङ नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका हुन्।

तामाङलाई नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा उमेद्वार भएका मोहन आचार्यले पार्टी भित्र्याए। तामाङलाई काँग्रेस उमेद्वार आचार्यले मात्र पार्टी भित्र्याएनन। आचार्यसँगै रसुवाको प्रदेश सभा २ मा उमेद्वार रहेका नायाँ शक्तिका उमेद्वार प्रेम तामाङले पनि स्वागत गरे।

प्रतिक्रिया दिनुहोस्