‘देश अधिनायकवादतर्फ अघि बढ्यो’ : डा शेखर कोईराला

काठमाडौं।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताएका छन ।

बुधबार सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली कांग्रेसको भूमिका’ विषयकआयोजित विचार गोष्ठीमा उनले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताए ।

वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै डा. कोइरालाले काँग्रेस अधिनायकवादको मुकाबिला गर्न तत्पर रहेको उल्लेख गरे ।

फरक प्रसङ्गमा उहाँले पार्टीभित्र मौलाएको चरम गुटबन्दी त्यागे मात्र कांग्रेस पुरानै अवस्थामा फर्किने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्