अबको आवश्यकता: अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता

काठमाडौं, २ असोज । सेप्टेम्बर २१मा, विश्व अल्जाइमर दिवस मनाईदै छ  ।  यस बर्ष अल्जाइमर लगाएतका अन्य डिमेन्सिया रोग बढ्दो उमेरसगै जोखिम रहेको मानसिक रोग हो भन्ने बारे जनचेतना जगाउने र पैरवी गर्ने उदेश्यकासाथ अबको आवश्यकता: अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता।” Time to Act on Alzhieimer’s  and Time to act on Dementia “ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रमहरु अयोजना गरी देशभरी मनाउन लागिएको हो ।

 सम्बन्धित सरोकार निकाय ,संघ संस्था र अन्य साझेदारहरुलाई आब्हान गर्दछौ । यस नाराले अल्जाइमर लगाएत  अन्य डिमेन्सिया सम्बन्धी समुदायमा जनचेतना जगाउन र नीतिगत तहमा पैरवी गर्न अति आवश्यक रहेको सन्देश प्रदान गर्दछ ।

अल्जाइमर रोग  डिमेन्सियाको एक प्रकार हो । यसमा स्मरण शक्तिमा ह्रास हुने ,भर्खरै भएका कुराहरू सम्झिनलाई समस्या हुने  र  क्रमश: पुराना कुराहरू पनि बिर्सँदै जाने हुन्छ र साथै एउटै कुरालाई बारबार दोहोराउनने , ध्यान केन्द्रित गर्नलाई समस्या हुने जस्ता लक्षणहरु देखा – पर्दछन् I   पछि गएर उल्लेखित लक्षणहरु क्रंमश कडारुपमा बढ्दै गई दैनिक जीवनयापन कठिन हुन जान्छ । यस रोगकोको प्रमूख कारण बढ्दो उमेर भएता पनि प्रमुख जोखिमहरुः  श्रवण शक्तिमा कमी, नसर्ने रोग (उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह ), मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्वको कमी मदिरा र धुम्रपानको सेवन, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियता आदि रहेका छन। यस रोगको रोकथामको उपाय भनेको नै माथि उल्लेखित जोखिमहरु कम गर्नु हो  ।

नेपालमा ६० बर्ष माथिका जेष्ठ नागरिकको जनसंख्या १०% रहेको छ र बुढ्यौली जनसंख्याको वृद्धिसँगै मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू बढ्दै गइरहेका छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, हाल विश्वभर ५ करोड ५० लाख मानिसहरू डिमेन्सिया रोगबाट प्रभावित छन्। जसमध्ये अल्जाइमर रोगले सबैभन्दा  बढीलाई प्रभावित गरको छ । प्रत्येक वर्ष करिब १ करोड नयाँ डिमेन्सियाका बिरामीहरू  थपिन्छन्, र यो संख्या २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ। नेपालमा वृद्ध जनसंख्याको वृद्धिसँगै डिमेन्सिया रोग, विशेष गरी अल्जाइमरमहत्वपूर्ण चुनौती रुपमा रहेको छ। मानसिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार, नेपालका ६० वर्षभन्दा माथिका करिब % कुनै न कुनै प्रकारको डिमेन्सियाबाट प्रभावित छन्।

विशेष गरी, नेपाल सरकारले अल्जाइमर रोगलाई सम्बोधन गर्न केही प्रमुख नीतिगत व्यवस्था गरेको छ। जस्तै ; सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बिपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत अल्जाइमर रोगको लागि  १ लाख सम्म उपचार सुबिधा प्रदान गरकोछ ।जसका लागी हाल सम्म देशभरी १२वटा अस्पताल सुचिकृत भई सेवा प्रदान गरिरहेको छ । राष्ट्रिय  मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अनुसार जेष्ठ नागरिक मानसिक स्वास्थ्यका लागि अल्जाईमर्स  डीसअर्डर  लागायतका विस्मृति तथा अन्य मानसिक समस्याको शीघ्र पहिचान र व्यबस्थापन गरि सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्ने रणनीति लिएको छ ।

आगामी दिनमा अल्जाइमर लगाएतका अन्य डिमेन्सिया रोगलाई सम्बोधन गर्न डिमेन्सिया रोगको रोकथाम  र जोखिम कम गर्न, उपचार र स्याहारकर्ता वा परिवारलाई सहयोग र सहजिकरणलाई सम्बोधन गर्ने गरि बिभिन्न सम्बन्धित संघिय मन्त्रालय, प्रदेश र स्थानिय तहसम्मको समन्वयात्मक लगानी र  भुमीका आबश्यक रहेको हुदा सबै निकायले आ-आफ्नो तहबाट प्राथमिकता तय गरी कार्यान्नवयनमा जान आबश्यक रहेको छ ।त्यसैले अबको आवश्यकता: अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता।” Time to Act on Alzhieimer’s  and Time to act on Dementia  रहेको छ ।

अन्त्यमा, यस विश्व अल्जाइमर दिवस २०२४  को अवसरमा , हामी सबै मिलेर अल्जाइमर र डिमेन्सिया सम्बन्धी जनचेतना फैलाउन र हाम्रो समाजका जेष्ठ नागरिकहरूको स्वास्थ्यमा सुधार गर्न मिडियाकर्मिहरुलाई  समेत सहकार्यका लागि  हार्दिक अनुरोध गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्