साल्ट ट्रेडिङ कर्पोरेसनको ६२औं वर्षमा: कालोबजारी र खाद्यवस्तुको कृत्रिम अभाव हुन दिइदैन, गरे तत्काल कारवाही हुन्छः मन्त्री भण्डारी
काठमाडौं, २७ भदौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वको मुखमा कालोबजारी र खाद्यवस्तुको कृत्रिम अभाव हुन नदिई मूल्य नियन्यण गरिने समेत बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको ६२औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नजिकिदै गरेको नेपालीहरुको महान चार्डपर्वलाई मध्यनजर गर्दै दशै, तिहार तथा छठ जस्ता महत्वपूर्ण पर्वमा खाद्य वस्तुहरुको मूल्य नियन्त्रण गर्दै सहज आपूर्तिको लागि सरकार प्रतिवद्ध रहेको बताए ।
मन्त्री भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशनले कृत्रिम अभाव हुन नदिने गरी सरकार अघि बढ्ने बताए । चाडपर्व लक्षित गरी देशभरी नै सपुथ मूल्यको बजारहरु सञ्चालन गरिने बताए । चामलको मूल्य बढ्नुको मुख्य कारण हाम्रो देशमा चामलको उत्पादन कम हुनु र छिमेकी मुलक भारतले चामल निर्यातमा २०% डियुटी लगाएको कारण मूल्य वृद्धि भएको उनको भनाइ छ । खाद्य वस्तुको मुल्य ह्वातै बढेको छ नि भन्ने प्रश्नमा मन्त्री भण्डारले करको केही दर बढ्रेकाले केही खाद्यवस्तुको मूल्य तलमाथि भएको छ । कालो बजारी र कृत्रिम अभाव गर्ने जो कोहीलाई तत्काल कारवाही गछौं, यसमा सरकार गम्भीर छ ।
सरकारले गंदार गर्नेलाई क्षमा दिदैन –मन्त्री भण्डारीले भने । सरकारी र निजी क्षत्रे दुबैको साझेदारीमा लगानीमा सञ्चालन भएको साल्ट ट्रेडिङ कर्पोरेशनले व्यावसायिक सफलता हासिल गर्दै आएको र यसलाई अझै बजार विस्तारमा लाग्नुपर्ने बताए ।
जस्तोसुकै चूनौतीपूर्ण अवस्थामा पनि सहज र सुपथ मूल्यमा खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु आपूर्ति गर्दै मुलुकको आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको मन्त्री भण्डारीले बताए ।
साल्ट ट्रेडिङले देशभर आयोडिनयुक्त नुन सहज आपूर्ति होस् वा खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको बजार मूल्य, व्यापारीहरूबाट हुने सिण्डिकेट, कार्टेलिङ र कालोबजारी नियन्त्रणमा कम्पनीले महत्वपूर्ण भूमिका खेलिरहेको मन्त्री भण्डारी बताए । कार्पाेरेशनले अझ व्यवसायकरण र विविधीकरण गर्दै लैजानु पर्नेमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले सुरुमा नुनको मात्रै कारोबार गर्र्ने उद्देश्यले स्थापना भएको कम्पनीले नुन, चिनी, चामल, पिठो, तेल, दाल लगायत दैनिक उपभोग्य वस्तुमात्रै नभई पछिल्लो समय कृषि क्षेत्रका लागि रासायनिक मलसमेत आपूर्ति गर्दै आएको बताउँदै यसलाई अझ सर्वसुलभ र उपभोक्ताको मन जित्ने गरी वस्तु वितरण गर्दै आएको बताए ।
कर्पोरेशनका कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले कर्पोरेशनले खाद्य वस्तु तथा कृषि वस्तुमा बजारीकरण र मूल्य नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताईन । उनले साल्ट ट्रेडिङको सहज र सुपथ मूल्यमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा भूमिका छँदैछ । त्यतिमात्रै नभई खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा हुने महँगी नियन्त्रणमा समेत भूमिका खेल्दै आएको बताए ।
कम्पनीले नाकाबन्दी र कोरोना महामारीका बेला आपूर्ति शृंखला प्रभावित हुन नदिइ निजी क्षेत्रका कतिपय व्यापारीले संकटमा ग्याँस, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा कालोबजारी, सिण्डिकेट र कार्टेलिङ गरेता पनि उपभोक्तालाई ग्याँसलगायतका खाद्यवस्तु उपलब्ध गराउँदै कालोबजारी र सिण्डिकेटविरुद्ध झनै सशक्त रूपमा प्रस्तुत गर्दै आएको छ ।
साल्ट ट्रेनिङ कपोरेशनले स्थापना गरेको लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार–२०८१ मा ४२ जना असहाय, गरिव, अपांग, अभिभावकविहीन, सडक बालबालिकाको हेरचाह, शिक्षादिक्षा र पालपोषण गर्दै समाज सेवामा उल्लेखनीय योगदानको कदर गर्दै मानव कल्याण समाज पनौतीलाई एकलाख रुपैया र ताम्रपत्र सहित सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्