राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकार टुलुटुलु हेरेर बस्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकारले कडा नीति लिने बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन ।’

प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा, कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने चेतावनी दिए ।
राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनुर्ने बताए ।

अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो बताउँदै उनले “कसैले षडयन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं ।’

राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको बताउदै ‘यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो ।’

प्रधानमन्त्री ओलीले नेपालीहरु तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाती भएको समेत स्मरण गराए ।

‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउने र भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र नहुने बताए ।
विगतमा पनि नेपालीले गौरव गर्ने हैसियत बनाएकै थिर्यौ दासता नस्विकारेका र पराधिन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहने बताए ।

प्रतिक्रिया दिनुहोस्