माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठकमा संसदमा पार्टीको भूमिका, सांसदहरुको जिम्मेवारी लगायतका विषयमा छलफल हुनेछ ।
आजको बैठकमा सांसदहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुहुनेछ । त्यस्तै अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा भइरहेका प्रगतिका विषयमा पनि जानकारी गराउनु हुने बताइएको छ ।
पार्टी एकीकरणको विषयमा सांसदहरुको राय लिएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीसँग थप छलफल गरी टुङ्गो लगाउने माओवादी नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्