सुन र चाँदी दुवैको मूल्य सामान्य घट्यो

काठमाडौं,३ असार । सोमबार, सुन र चाँदी दुबैको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो ।

आज छापावाल सुनको मूल्य घटेर १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरि, नेपाली बजारमा चाँदी एक तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्